Logo

१६ असोज, जिराभवानी (पर्सा) । पर्साको ग्रामीण क्षेत्रका नाकाहरुमा सशस्त्र प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ ।

महानपर्व दशैँ तिहार नजिकिएसँगै भारतबाट हुनसक्ने अवैध क्रियाकलाप चोरी तस्करी, पटका तथा बिस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावनालाई मध्य नजर गरी ग्रामीण क्षेत्रको नाकाहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले आफ्नो क्षेत्रमा पर्ने भारतसँग खुला सिमाना रहेका दशौता पिडारीगुठी पाँडेपुर र महादेवपट्टी चेकपोष्ट स्थापना गरि चेकजाँच र तस्करी नियन्त्रणमा कडाई गरेको छ । चेकजाँचमा कडाई गरेपछि भारतबाट हुने कपडा, पटका लगायतका बिस्फोटक पदार्थ तस्करी र अबैध क्रियाकलापमा कमी आएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक रिवाज दहालले दावी गरेका हुन् ।

यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट प्रस्तावित सिमासुरक्षा गुल्म सुवर्णपुरले पनि चाडपर्वलाई मध्य नजर गर्दै बिजयवस्ती, निर्मल बस्ती ब्रह्मनगर र ठोरीको नाकामा चेकपोष्ट राखेर चेकजाँच र तस्करी नियन्त्रणमा कडाइ गरिएको सशस्त्र प्रहरी बोर्डर आउट प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बिसीले जानकारी दिए ।

उहाँले त्यस क्षेत्रमा पहिलादेखि चल्दै आएको सबैखाले अबैध क्रियाकलापहरु आफ्नो तर्फबाट निस्तेज पारिएको दावी गरेका छन् ।


सम्बन्धित समाचार