Logo

१६ असोज,काठमाडौं । मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्। गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताए।

बसालले सिभिल डिफेन्सको टोली र स्थानीय बासिन्दाले पीडितको खोजी र उद्दार गरिरहेको बताए। मृतक र घाइतेमध्ये अधिकांश महिला र बालबालिकालाई अस्पताल पु¥याउने काम भइरहेको बताए। इजरायली सेनाले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा करिब १ हजार २ मानिस मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ६१५ पुगेको छ। एजेन्सी


सम्बन्धित समाचार