Logo

५ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटमा रक्तदान रक्तदान कार्यक्रम समपन्न भएको छ । हिन्दुहरुको महान चाड दशैको उपलक्ष्यमा श्री दुर्गा पुजा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रानीघाटस्थित ब्लड डोनेशन चोकमा सम्पन्न २२ औँ पटक खुल्ला रक्तदान कार्यक्रममा ६ महिला सहित ७९ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा स्नेहा साह, समारिका गुप्ता, बिरेन्द्र प्रसाद साह, वृजकिशोर प्रसाद, नवराज पटेल, सुनिल कुमार कलवार, ओमजय साह, चन्दन कुमार, बिष्णु राउत, प्रमोद रौनियार लगायतका रहेका रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले बताए ।

कार्यक्रममा दिनानाथ रौनियार, नुरुल होदा अन्सारी, सञ्चारकर्मी बिरेन्द्र प्रसाद साह, आर सी, यादव, मनिष कुमार कानु, गोपाल प्रसाद रौनियार, उषा सिंह लगायतले रक्तदाताहरुको स्वास्थ्य परिक्षण गरेका थिए । समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता एवम् बीरगन्ज–९ का वडाध्यक्ष जवाहर प्रसाद कलवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जका प्रमुख सौरभराज पाण्डे, नमित चौरसिया लगायतको टोलिले प्राविधिक सहयोग गरेको थियो ।


सम्बन्धित समाचार