Logo

१६ असोज,काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति पौन १० बजेबाट खुल्ने जानकारी दिएको छ ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ ।

दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु डीभीका लागि अयोग्य हुने समेत दूतावासले प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार