Logo

१६ असोज,वीरगञ्ज । मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि भोली (बिहीबार) शोभा यात्रा निकालिने तयारी गरिएको छ । मेला आयोजना मूल व्यवस्थापन समितिले घटस्थापना दिन शोभायात्रा निकाल्न लागेको हो ।

शोभायात्राको तयारीका लागि महागढीमाई नगरपालिकाले नगर क्षेत्र भित्र बुधवार सार्वजनिक बिदा समेत दिएको छ । मेला व्यवस्थापन समितिका अनुसार बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुनेछ ।

गढीमाई मन्दिरदेखि सुरु भएको शोभा यात्रा बरियारपुर, ईनर्वा, तेलकुवा, बसतपुर हुँदै नेपाल–भारत सीमा नजिक रहेको मटिअर्वा शितलपुर विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर–दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर सम्पन्न हुने समितिका संयोजक एवम् महागढीमाई नगरपालिकाका नगर प्र्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् ।

प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा देश विदेशबाट लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन् । अघिल्ला मेलामा भन्दा यस वर्षको मेला एतिहासिक,सभ्य र भव्य बनाउने गरी समितिले तयारी गरिरहेको यादवले बताए ।


सम्बन्धित समाचार