Logo

१७ असोज,सर्लाही । सर्लाहीमा नहरमा ट्याक्टर  दुर्घटना हुँदा  माछा मारिरहेका एक बालकको मृत्यु भएको छ।

सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टरले किच्दा १२ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा अन्य तीनजना बालक घाइते भएका छन्। सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिँदा घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन्। घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित समाचार