Logo

१७ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ आमोदेबि जनता क्याम्पसको प्राङ्गणमा आज बृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढि युवा समाजको आयोजनामा भएको बृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम पर्सागढि युवा समाजको अध्यक्ष राजेश्वर प्रसाद चौधरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पर्सागढिका नगरप्रमुख गोकर्ण पाठकले शुभकामना दिदै पर्सागढिको दिगो बिकासको लागि आफू अहोरात्र लागि परेको बताए ।

स्वास्थ्य क्षेत्रमा पर्साकै उत्कृष्ट कार्य गरेता पनि शिक्षा क्षेत्रमा सन्तोष जनक सुधार गर्न नसकेको उनले बताए । शिक्षामा सुधार गर्न खोज्दा शिक्षक हरुले आफू माथि नै सेन्डिकेट खडा गर्ने कारणले शिक्षक हरुको सरुवा देखि बिधालय मर्ज समेत गर्न खोज्दा समेत ठुलो दबाब आउने गरेको र यहि चैत्र महिना भित्रमा करार शिक्षक हरुलाई हटाउने तयारि भईरहेको मेयर पाठकले बताए ।

बृक्षारोपण कार्यक्रममा एक सय भन्दा कढि विभिन्न जातका बोटबिरुवा रोपिएको थियो । कार्यक्रममा पर्सागढि नगरपालिका वडा न ३ का वडा अध्यक्ष सुकमान तमाङ ,पुर्ब गाबिस अध्यक्ष सत्यनारायण दास थारु, हरि चौधरी , रबि शँकर दास , प्रेम शँकर गौरो , श्याम सुन्दर दास लगायतले शुभकामना मन्तव्य गरेका थिए ।


सम्बन्धित समाचार