Logo

१७ असोज,सेढवा । बडा दशै तथा तिहार र छठ पर्व नजिकिदै गर्दा अहिले पर्साको ग्रामीण भेगमा तास जुवा खेल्नेहरुको संख्या बढेका छन। पर्साको ठोरी, जिराभवानी, पटेर्वासुगौली , सखुवाप्रसौनी गाँउपालिका तथा पर्सागढी नगरपालिकाका बिभिन्न स्थानमा तास जुवा खेल्ने क्रम बढेको हो।

बिशेष गरी यूवाहरु तास जुवा खेल्ने ठाउँमा वृद्ध उमेरकाहरु पनि संलग्न भएर तास खेल्ने गरेका छन्। जुवाडेहरुले गोप्य तथा सुरक्षित स्थानमा जुवा खेलाउने गरेको स्रोतले जनाएको छ ।

जुवा खेल्ने स्थलमा जुवाडेहरुले रातभरी हो हल्ला गरेर अपशब्द प्रयोग गर्दा आसपासका आम नागरिकहरुलाई निकै समस्या भोग्नु परेका गुनासो गरेका छन्। जुवामा ठूलो रकमको हारजीत हुने हुदा कतिपय परिवारमा कलह समेत बढेका स्थानीय बुद्धिजीवीहरुको भनाई रहेको छ।

जुवामा मोटो रकम हारेकाहरूको ऋणका कारण कतिपय जुवाडेहरुले डिप्रेशनमा आएर अनैतिक क्रियाकलापका घटनाहरु हुने गरेका घटनाहरु बाहिर आउने गरेको बुद्धिजीवीहरुको भनाई छ । जुवा खेलाउने गिरोहहरुलाई प्रहरी प्रशासनले नै संरक्षण गरेको स्थानीयको आरोप पनि छ ।

स्रोतका अनुसार जुवा खेलाउने गिरोहले सप्ताहिक रुपमा प्रहरीलाई नजराना बुझाउने गरेका छन।


सम्बन्धित समाचार