Logo

१८ असोज,काठमाडौं । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास छाडेका छन्।

आम आदमी पार्टीको सोसल मिडिया प्लेटफर्म एक्स ह्यान्डलबाट उक्त जानकारी गराइएको हो।

एक्समा लेखिएको छ– केजरीवालजी मुख्यमन्त्रीको निवासबाट निस्किए। अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुनः मुख्यमन्त्री बनाउँदैनन् तबसम्म पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन्।

दिल्लीको मदिरा नीतिमा घोटाला गरेको मुद्दामा जेलमा रहेका केजरीवालले धरौटीमा रिहा भएपछि यही असोज १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
यसपछि असोज ५ गते आम आदमी पार्टीकी नेता आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ खाएकी थिइन्।


सम्बन्धित समाचार