Logo

१८ असोज,वीरगञ्ज । पर्सामा चाडबर्पका बेला माछामासु,खाद्यान्न,लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले व्यपारी र पसलेहरुलाई कडा निर्देशन दिएको छ ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक अपिलसहितको सूचना जारी गर्दैै दशैं,तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी ढंगले मूल्य बृद्धि नगर्न निर्देशन दिएका हुन् ।

उक्त सूचनामा कुनैपनि वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न,अखाद्य वस्तुको बिक्रिवितरण नगर्न, सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिइएको छ । यस्तै माछा मासु बिक्री गर्ने व्यपारीहरुले माछा मासु काट्ने र बिक्री गर्न राख्ने ठाँउ सफा राख्न,मासु काट्ने व्याक्तिले सफा एप्रोन लगाउन,चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम नबजाउन,पटकाजन्य पदार्थको बिक्रीवितरण र प्रयोग नगर्न,जुवातास नखेल्न र नखेलाउनपनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यदि स्थानीय प्रशासनको यी आग्रह र निर्देशनको उल्लंघन भएको पाइएमा सम्बन्धित पसलल, संस्था वा व्याक्तिलाई कानुन अनुसार हुदैसम्मको कारबाही गरिनेपनि चेतावनी दिइएको छ । यसैगरि उक्त सूचनामा चाडपर्बका बेला अधिकारप्राप्त निकायले बजार अनुगमनलाई तिब्रता दिने र उपभोक्ताको अधिकार र हकलाई संरक्षण गर्ने प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन् ।


सम्बन्धित समाचार