Logo

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

१९ असोज, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले झण्डै सवा ८ किलो अबैध सुनसहित २ जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र पुजारवाडीका २५ बर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार सोही जिल्लाका २७ बर्षीय राहुल भिट्टिहाल बाडलाई सुन सहित शनिबार बिहान पक्राउ गरेको हो ।

बाराको पथलैयातर्फबाट हेटौडा आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा आएका उनीहरुलाई खानतलाशी गर्दा शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको अबैध सुन बिस्कुटको आकारको ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम फेला पारेको थियो ।

अबैध सुन मकवानपुर हुँदै आएको पूर्वसूचना आएपछि मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्कासहितको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५, रातोमाटे प्रहरी चेक पोष्टबाट २ जनालाई सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सुनसहितका २ जनालाई अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने प्रहरीको भनाई छ । नियन्त्रणमा लिईएको सुनको आजको बजार मूल्य अनुसार ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैया ६ सय ५० पैसा रहेको जनाईएको छ ।


सम्बन्धित समाचार