Logo

१९ असोज,मुग्लिन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारीपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदैगर्दा सहकारी पीडितहरुले प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरु ब्यानर सहित नारा लगाउँदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरवितर पारेको थियो।

त्यसपछी पनि कार्यक्रम स्थल पुगेका सहकारी पीडितहरु कार्यक्रमस्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सहकारी पीडितहरुले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरुमाथि ढुंगा प्रहार भएको दावी गरेका छन्।

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे।

साहारा सहकारी बाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउदा भित्र बाट एक्कासी पीडित माथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बता।


सम्बन्धित समाचार