Logo

१९ असोज, सेंढवा । पर्साको ग्रामीण भेगमा बिजयादशमीको अवसरमा दुर्गा पूजाको आयोजना हुन थालेपछि यस क्षेत्रका स्थानीय कलाकारहरुले आफ्ना प्रतिभा प्रदर्शन गर्ने मौका पाउनुका साथै रोजगारी पनि पाएका छन।

बडादशैंमा श्रद्धालु भक्तजनहरुले नवरात्र ब्रत बसी सामूहिक रुपमा पूजा अर्चना गर्न गाउँ गाउँमा माता दुर्गाको मूर्ति बनाई पण्डाल निर्माण गरी दुर्गा पूजाको आयोजना गरिरहेका छन्। माता दुर्गाका पूजा आराधनाका साथ साथै दुर्गा माताका जागरण तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएकोले स्थानीय कलाकारहरुले रोजगारीको अवसर पाउने गरेका हुन् ।

यसका लागि स्थानीय कलाकारहरुले बिभिन्न किसिम्मको धार्मिक तथा संस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने गर्छन् । सो वापत कलाकारहरुले उचित प्राश्रमिक प्राप्त गर्दछन्। स्थानीय गायकका रुपमा चर्चा कमाएका सखुवाप्रसौनी गाँउपालिका वडा नं १ सथवलका उपेन्द्र चौधरीले दुर्गा पूजामा हुने धार्मिक तथा संस्कृतिक कार्यक्रममा आफूहरुले आफ्नो कला प्रदर्शन गरी केही रकम कमाउन पाएको बताए।

यस्ता कार्यक्रम संचालन हुँदा नयाँ यूवा यूवतीमा लुकेका प्रतिभा पनि बाहिर आउँदा राम्रा कलाकार बन्न यस्ता कार्यक्रमले ठूलो टेवा पुर्‍याउने गरेको चौधरीले बताए। दुर्गा पूजामा आयोजित संस्कृतिक कार्यक्रम गायन क्षेत्रक़ो बिकास साथसाथै आन्य कलाको बिकास भएको देखिन्छ।

सो कार्यक्रममा अक्टो प्याड बजाउन, बिन्जु, ढोलक, हारमुनियम, मादल लगायतका परम्परागत बाजा बजाउने लगायतका सीपहरुको बिकास हुने गरेको जगरनाथपुर गाउँपालिका वडा नं ६ का रामबहादुर यादवले बताए।

यसका साथै कार्यक्रम बिभिन्न किसिम्मका धार्मिक नाटकहरु प्रदर्शन हुने भएकाले अभिनय कलाको समेत बिकासमा सहयोग हुने गरेको यादवको भनाई छ। यी कार्यक्रमहरुमा रामायण, महाभारत लगायतका बिभिन्न पात्रहरुको अभिनय गर्ने गरिन्छ।

महिलाहरुमा अन्तरनिहित प्रतिभा प्रस्तुत गर्न अन्य कार्यक्रममा सहभागी हुदा समुदायमा नाकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ तर दुर्गा पूजामा आयोजित यी कार्यक्रममा महिला कलाकारहरुले निर्धक्क रुपमा गाउन, नाच्न तथा अभिनय गर्न पाउँदा संगीतका यी विधामा समेत अनुभव बटुल्न पाएका महिला कालाकारहरुले जनाएका छन्।

शास्त्रीय संगीत अध्यापन प्रतिष्ठान उपसमिति जिराभवानी गाउँपालिकाका अध्यक्ष सुरज राय थारुका अनुसार दुर्गा पूजामा हुने भजन, किर्तन लगायतका सांस्कृतिक कार्यक्रमले शास्त्रीय संगीतको बिकासमा निकै टेवा पुगेको बताए । यस्ता कार्यक्रममा हुने गायन, बादन तथा अभिनयले यूवा पिँढीलाई पनि आकर्षण बढेको अध्यक्ष थारुले बाताए।

शास्त्रीय संगीत सम्बन्धित प्राप्त गरेका बिभिन्न बिद्याको प्रदर्शन यस्ता कार्यक्रममा गरिरहदा अनुभवी भई अगाडीको बाटो सजिलो हुने र रोजगारीको अवसर पनि पाउने अध्यक्ष थारुले बताए।


सम्बन्धित समाचार