Logo

२० असोज,सेढवा । कृषि कार्यका लागि उत्पादन भएका बिभिन्न आधुनिक मेशिन तथा औजारहरूले किसानलाई खेतीपाती गर्न सहज भएपनि कृषिमै निर्भर ज्यामीहरुको पेशा भने संकटमा परेको छ। खेतीपातीका लागि खनजोत गर्न ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटर लगायतका मेशिनहरुको प्रयोग हुन थालेको छ।

यसले कम समय र खर्चमा धेरै जमिनलाई खनजोत गर्न सजिलो भएको छ । आधुनिक मेशिन तथा औजारको प्रयोग भएसंगै किसानहरुले गोरु पाल्न बन्द गरेका छन भने हलो लोप नै भएको छ। किसानहरूले बस्तुभाउ पाल्न छोडेपछि गाईबस्तुबाट पाइने गोबर तथा मलमुत्रबाट तैयार हुने कम्पोष्ट मलको प्रयोग बालीमा एकदमै न्यून हुन थालेको छ ।

बाली भित्र्याउन हार्भेस्टर मेशिन तथा बाली काट्न रिपर तथा दाई गर्न थ्रेसर प्रयोग हुन थालेपछि किसानहरुलाई सहज भएको छ। एक बिघा धानबाली एक घण्टामै कटानी गरी दाई गर्न सक्ने हार्भेस्टर मेशिनका कारण किसानहरुले कम समय र कम खर्चमा बाली भित्र्याउने सहज हुने गरेको पटेर्वासुगौली गाउँपालिकाका किसान भागवत चौधरीले बताए।

एक बिघा बाली काट्न र दाई गर्न दुई क्वीन्टल धान वा पाँच देखि ६ हजार रुपैया मात्र खर्च गर्नु परेको किसान चौधरीले बताए। एक बिघा धानबाली कटानी गरी थ्रेसरले दाई गर्दा कमतीमा २० जना ज्यामी खटाउनु पर्ने र दाई गर्नका लागि प्रयोग गरिने थ्रेसरलाई समेत भाडा दिनु पर्ने किसान चौधरीको भनाई छ । यस कार्यका लागि कमसेकम १५ हजार रुपैया खर्च गर्नुपर्ने किसान चौधरी बताउछन् ।

यसका साथै बजारमा आएका बिभिन्न किसिम्मका किटनाशक औषधीका कारणले पनि खेतिपातीमा ज्यामीहरुको कटौती भएको छ । धान तथा अन्य बालीमा किटनाशक औषधीको प्रयोग गर्दा बालीमा अन्य झारपात न उम्रिने , उम्रिए पनि मर्ने हुदा गोडमेल गर्न ज्यामीहरुको आवश्यक्ता नपरेको जिराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान अमृत चौधरीले बताए।

जिराभवानी गाउँपालिका वडा नं ५ का कृषिमा मजदुरी गर्दै आएका नमी माझी मुस्हरका अनुसार कृषि कार्यमा काम पाउन छोडेको दुखेसो गरे । खेतीका लागि किसानहरुले आकलझुकल काममा लगाउने गरेको मुसहरको भनाई छ।

आली बाध्न, बिऊ छर्न, बीऊ उखेल्न तथा बर्षातको बेला बाली काट्न काममा खटाउने गरेको मजदुर मुसहरले बताए। खेतबारीमा काम कम पाउन थालेपछि गाँउघरमा पाउने कामले छाक टार्न समस्या भएकाले अधिकांश मजदुर तथा मजदुरका सन्तान रोजगारीका लागि छिमेकी मुलुक भारतका बिभिन्न राज्यमा जाने गरेको मजदुरहरुले बताएका छन् ।

जिराभवानी गाउपालिका वडा नं ४ सुपौलीका किसान बृजलाल पञ्जियारका अनुसार गरिब दलित मजदुरहरुबाट ज्यालादारीकै भरमा परिवार पाल्नुपर्ने बाध्यता रहेको छ । ज्यामीहरुलाई कामको आवश्यकता पर्ने कृषि उत्पादनका लागि आधुनिक मेशिनको प्रयोग नगरेको पञ्जियारले बताए। बालीको गोडमेल, बाली भित्र्याउन मेशिनको प्रयोग नगरी ज्यामीहरुलाई खटाउने गरेको किसान पञ्जियारले बताए।


सम्बन्धित समाचार