Logo

२० असोज,वीरगञ्ज । देशकै औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा मधेश प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ को आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप समिति, मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईडिआई) को सहकार्यमा अगामी कात्तिक २४ गतेदेखि सम्मेलनको आयोजना हुन गईरहेको छ ।

औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा हुने यस सम्मेलनले प्रदेशका नवप्रवर्तनशील उद्यमीहरू, स्टार्टअपहरू र संभावित उद्यमशील व्यक्तिहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
नवप्रवर्तन, नवीन सोच र शैलीमा आधारित स्टार्टअपको नै भएकाले स्टार्टअप प्रवर्द्धन गर्दै नव उद्यमशीलतालाई प्रोत्साहित गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाई छ ।

अर्थतन्त्रमा स्टार्टअप संस्कृतिलाई अघि बढाउने नीतिका बाबजुद पनि अपेक्षित प्रबर्द्धन हुन नसकेकाले यस्ता विषयमा गहन छलफल गर्दै प्रदेशका उद्यमीहरूलाई सशक्त बनाउन महत्वपूर्ण योगदान सम्मेलनले गर्ने बिश्वास आयोजकले लिएको छ ।

सम्मेलनमा नव उद्यमीहरूका लागि अवसरहरूको खोजी, जोखिम व्यवस्थापन र नवीन उद्यमशीलताका उपायहरूको बारेमा चर्चा हुनेछ । त्यसैगरि नेपालमा स्टार्टअपको वातावरण कसरी तयार पार्न सकिन्छ भन्नेबारे अन्तर्राष्ट्रिय स्तरका सफल उदाहरणहरूको समेत प्रस्तुत गरिनेछ ।

सम्मेलनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहले गर्नेछन ।उद्घाटनपछि प्रमुख वक्ताको रुपमा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाबाट विश्व अर्थतन्त्रमा स्टार्टअपका आयामहरुका बारेमा जानकारीमूलक मुख्य सेसनको आयोजना गरिनेछ ।

उद्यमका क्षेत्रमा विगत २ दशकभन्दा लामो समयदेखि अध्येताको रुपमा रहनुभएकी जुना माथेमा, RISAAIVF का संस्थापक डा. सार्थक बक्षी, नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा परराष्ट्र मामिला मञ्चका अध्यक्ष एवम् युवा उद्यमी मनोज पौडेल, उद्यमी एवम् प्रख्यात प्रशिक्षक सुमन शाक्य, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम, हेल्भटास नेपालका मधेश संयोजक कृष्णलाल कर्ण, खल्ती एपका सह संस्थापक एवम् सञ्चालक अमित अग्रवाल, उपायका सह संस्थापक रञ्जीव श्रेष्ठ लगायतले कार्यक्रममा आफ्ना अनुभवबाट सहभागीहरुलाई प्रशिक्षण दिने आयोजक नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप समितिले जनाएको छ ।

 


सम्बन्धित समाचार