Logo

२१ असोज, काठमाडौँ । समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स नियन्त्रणमा लिएपछि  सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको बताएको छ ।

राष्ट्रसङ्घले निकालेको विज्ञप्तिमा यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्न, जिम्मेवारहरूलाई जवाफदेही बनाउन र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको उल्लेख छ ।

गएको हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६ सयभन्दा धेरै मानिसको ज्यान गएको जनाएको थियो ।


सम्बन्धित समाचार