Logo

२२ असोज,काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका ३ मन्त्री मंगलबार सिन्धुली आइपुगेका छन् ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुगेको हो । उनीहरूले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे ।

रामेछाप जोड्ने बेलीब्रिज बगेपछि यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । मन्त्रीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायतसँग मन्त्रीहरू छलफल गरिरहेका छन् ।

मन्त्रीहरू सिन्धुलीबाट सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइएको छ ।


सम्बन्धित समाचार