Logo

२२ असोज,काठमाडौँ । तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी एसएसपी उमा प्रसाद चतुर्वेदीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई गृह उच्च स्रोतले दिएको छ ।

चतुर्वेदीको ठाउँमा प्रदेश प्रहरी कार्यालय सुर्खेत (नेपालगञ्ज) मा कार्यरत एसएसपी संजीव शर्मा दासलाई दिल्ली पठाइएको छ। यससँगै दासको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दिपक बस्नेतको सरुवा गरिएको छ।


सम्बन्धित समाचार