Logo

२५ असोज,काठमाडौं । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको छ ।

लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले सेन्ट्रल बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै ११७ जना घाइते भएका पुष्टि गरेको छ ।

बीबीसीले राजधानी बेरूतको शिया बाहुल्य क्षेत्र बचौरामा विष्फोटनको ठूलो आवाज सुनिएको जनाएको छ

राहत र उद्धारकर्मीहरूलाई विष्फोटनका कारण ढलेका घरहरूबाट उद्धार गरिरहेका देखिएको बीबीसीको हिन्दी अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।


सम्बन्धित समाचार