Logo

२६ असोज,काठमाडौं । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । टेलिभिजनमा सम्बोधनमा उहाँले युद्धविरामको एउटा अङ्शका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको र यसमा हिजबुल्लाह पनि सहमत भएको बताउनुभयो ।

प्रधानमन्त्री मिकातीले लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने बताउनुभयो । लेबनानको राजधानी बेरुतको मध्यभागमा इजरायलले अस्ति बिहीवार गरेको हवाई आक्रमणमा २२ जनाले ज्यान गुमाएका छन् ।

यो घटनालाई इजरायलले लेबनानमा हिजबुल्लाह समूहविरुद्ध गएको महिना आक्रमण थालेयताकै सबैभन्दा घातक आक्रमण मानिएको बीबीसीले उल्लेख गरेको छ । लेबनानको सरकारका अनुसार चर्कँदो द्वन्द्वका कारण विगत एक वर्षमा १२ लाख मानिसले आफ्नो घर छाडेका छन् । एजेन्सी


सम्बन्धित समाचार