२७ असोज, काठमाडौँ । भारतका एक नेताको गोली हानेर हत्या भएको छ । अजित पवार गुट (एनसीपी)मा आवद्ध बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४८ वर्षदेखि काँग्रेसमा रहेका सिद्धिकीले गत फेब्रुअरी महिनामा काँग्रेस छोडेर एनसीपीमा प्रवेश गरेको बताइएको छ । छातीमा गोली लागेर गम्भीर घाइते भएका उनको लिलावती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेर सिद्धिकीको मृत्यु भएको, घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अन्य दुई जना भने फरार रहेको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिएका छन् ।