Logo

२८ असोज, बर्दिया । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएकोजिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक (फरेष्टरले) गोली हानेको बताए ।

ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पु¥याएका थिए । उनलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नरसिङ होम बाँकेमा रेफर गरी उपचार भइरहेको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार