Logo

२९ असोज, बारा । पर्साको मनवामा घर अगाडिको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको छ ।

सब डिभिजन वन कार्यालय मनवाले १२.५५ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदले जानकारी जानकारी दिए ।

पर्सागढी नगरपालिका वडा नम्बर १ ठूलो मनवा गाउँमा घरको बारीमा झाडी र परालले लुकाई छिपाई राखिएको अवस्थामा काठ बरामद गरिएको सबडिभिजन वन कार्यालय मनवाका फरेष्टर हरिभजन चौधरीले जानकारी दिए ।

“विशेष सूचनाको आधारमा हामी काठ बरामद गरेका गर्यौ । तर काठ लिएर आउने क्रममा गाउँका केही महिलाहरू काठ ल्याउनमा अवरोध सिर्जना गरेको गर्यो, पछि सशस्त्र प्रहरी कार्यालय बागेश्वरी तित्रौना इलाका प्रहरी कार्यालय एकटाँगा र बढ्निहार वनटोलीको साथ लिनुपर्यो, फरेस्टर चौधरीले भने ।”

बरामद काठ कसैले पनि आफ्नो हो भनि दाबी नगरेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत अहमदले बताए ।


सम्बन्धित समाचार