Logo

३० असोज, काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ बढाएको हो ।

भाउ बढेपछि पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ पर्नेछ ।


सम्बन्धित समाचार