Logo

३० असोज, काठमाडौँ । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो आक्रमणमा परेर उत्तरी गाजामा धेरे मानिस  हताहत भएका घटनापछि मानवीय सहायता नबढाए अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनीसहित अमेरिकाले पत्र पठाएको हो ।

अमेरिकाले गाजामा  बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा गहिरो चासो व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायलले गएको महिना उत्तर र दक्षिणी गाजामा आएका झण्डै ९० प्रतिशत मानवीय सहायतालाई अस्वीकार गरि बाधा पुर्‍याएको छ ।

इजरायलले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले उत्तरी क्षेत्रमा हमासका कार्यकर्ताहरूलाई लक्षित आक्रमण गरिरहेको छ तर मानवीय सहायताको प्रवेशलाई नरोकेको बताउँदै आएको छ ।


सम्बन्धित समाचार