Logo

१ कार्तिक, बारा ।  बारामा एक जना पुरुषको शव फेला परेको छ । प्रशौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक एक पुरुषको शव फेला परेको बारा प्रहरीले जनाएको छ । विहान हिँडडुल गर्न निस्केका स्थानियले शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव परेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

शवको पहिचान खुल्न सकेको छैन । अपुस्ट जानकारी अनुसार फेला परेको शव वीरगञ्ज छपकैया निवासी एक पुरुषको रहेको स्थानियको भनाई छ । के कारणले उनको मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

शवको दुर्गन्ध आईरहेको स्थानियको भनाई छ । यस बारे विस्तृत विवरण आउन बाँकी छ ।


सम्बन्धित समाचार