Logo

१ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको सामान लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वशेष सूचनाको आधारमा गएराति साढे १२ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट बिल विजक भन्दा बढी सामान लोड गरेको आशंकामा ना.३ ख ५८३३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लोड रहेको विल विजक भन्दा बढीका खाद्यान्न तथा खुद्रा लगायतका मालवस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डीतर्फ लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उक्त मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको मालबाहक ट्रकमा रहेको अन्दाजी ३० लाख बराबरका खाद्यान्न तथा खुद्रा मालवस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार