Logo

१ कात्तिक,काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र एमालेका नेता पनि मिसिएका छन् ।

भेटमा समसायिक घटनाक्रमको विषयमा छलफल भइरहेको जनाइएको छ ।


सम्बन्धित समाचार