Logo

२ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्ज नाका हुँदै अवैध रुपमा ओसारपसार गर्दै गरेको साँढे १० लाख भन्दा बढीका समान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले नाकामा चेकजाँचका क्रममा नेपाल ल्याउँदै गरेका समान तथा भारत लैजाँदै गरेको मदिरा गरि १० लाख ७० हजार ९ सय २५ रुपैंयाको माटरसाइकल सहित समान बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका १६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट सार्वजनिक सवारी साधनमा लोड गरेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा आठ लाख ७० हजार ९ सय २५ रुपैंया बराबरको समान बरामद गरिएको हो ।

किराना, लत्ताकपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस लगाएतका समाग्री बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

त्यस्तै नेपाल बाट भारत तर्फ अवैध रुपमा लैजाँदै गरेको २ लाख कस्तुरी मदिरा लोड माटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । २ लाख रुपैंया बराबरको विआर ०५ एन ७०३६ नं. को मोटरसाइकल सहित बरामद समानहरु आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक धामीले बताए ।


सम्बन्धित समाचार