Logo

२ कात्तिक, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदैछ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

यसका साथै १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यता पर्सा जिल्लामा यस कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ । पर्सा जिल्ला स्वास्थ्य कार्यालयले ९८ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य लिएको छ।

स्वास्थ्य कार्यालयका अनुसार, ९८ हजार ८९८ बालबालिकालाई यो औषधि उपलब्ध गराइनेछ ।

यो कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका, सबै नगरपालिका र गाउँपालिकाका हरेक वडाका स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र स्थापना गरिएको छ ।

पर्सा जिल्लामा ३८२ वटा खोप केन्द्र सञ्चालन गरिने खोप अधिकृत अनिल मिश्रले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार