Logo

२ कात्तिक,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।

आफूले बोलाएको विपक्षी दलहरूको बैठकमा ‘प्रचण्ड’ले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।

टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली काँग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरू सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको ‘प्रचण्ड’ले सुनाए ।


सम्बन्धित समाचार