Logo

फाइल तस्बिर

२ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले पक्राउ गरेको भारतीय नागरिकको साथबाट बरामद गरेको नोट सक्कली नै भेटिएको छ ।

प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट नक्कली नोट बोकेको आशंकामा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

भारतको विहार राज्यको मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर(४ का २० वर्षीय कृष्णकुमार महतोलाई शुक्रबार बेलुकी उनले लिएको एक हजार दरका ४७ थान नोट सहित पक्राउ गरेको थियो ।

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्र ०३–००१ ख २१४७ नम्बरको मिनी बसमा चेकजाँच गर्दा महतोले लिएको नोट नक्कली रहेको भन्दै पक्राउ गरेको थियो । तर, महतोलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको नोटको परीक्षण गर्दा सक्कली नै भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

प्रहरीले नोट सहित पक्राउ गरेको भारतीय नागरिक महतोलाई रिहा गर्ने प्रकृया अगाडि बढाएको छ । नक्कली हो भन्ने लागेर नोट सहित नियन्त्रणमा लिईएको तर, नोट परीक्षण गर्ने मेशिनमा परीक्षण गर्दा सक्कली नै रहेको पुष्टि भएपछि उनलाई छोड्ने पकृया अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।


सम्बन्धित समाचार