Logo

३ कात्तिक, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमा नै पुगेर प्रबिधि हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकाश शाखाद्धारा सञ्चालित गरिबी निबारणकोलागि लघु उद्यम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत प्रबिधि९ सामग्री० हरु हस्तान्तरण गरिएको हो । उप प्रमुख भोला प्रसाद अधिकारी नेतृत्वको टोलीले लघु उद्यमीहरुको घरदैलोमा गई सिप अनुसारको प्रबिधि हस्तान्तरण गरेको हो ।

आर्थिक बर्ष २०७९।०८० मा मेडपा कार्याक्रमको प्राबिधिक सहयोग प्राप्त गरी ब्यवसाय सुरु गरेका उद्यमको स्तोरउन्नती अन्तर्गत उद्यमको अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम गरिएको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।

८० प्रतिशत अनुदानमा वडा नं. १७ र वडा नं।१८ का लघु उद्यमीहरुलाई १ लाख ४० हजारको बजेटमा सामग्री हस्तान्तरण गरिएको उनले बताए ।वडा नं।१७ स्थित लघु उद्यमी समुहलाई डिजिटल तराजु एक थान ,ईलेक्ट्रीक स्प्रेयर ५ थान ,मलचिङ्ग प्लास्टिक ५ रोल हस्तान्तरण गरेको हो । त्यस्तै वडा नं. १८ मा बारा ईन्टरलक ईटा उद्योगलाई स्ट्रेनथ लेबल मेसिन एक थान ,राई पशुपालन फर्मलाई चाप कटर एक थान र चौधरी टेलरिङ्ग सेन्टरलाई स्टिम आईरन एक थान बितरण गरिएको बरिष्ठ उद्यम सहजकर्ता रायले जानकारी दिए ।

उद्यमको स्तोरउन्नती अन्तर्गत उद्यमको अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रममा उप प्रमुख तथा अनुगमन समितीका संयोजक भोला प्रसाद अधिकारी, वडा नं. १७ का वडा अध्यक्ष भिम बहादुर गन्ताङ्ग,वडा नं।१८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले , अनुगमन समितीका सदस्य सान्ता कुमारी बजगाँई र प्रभावती देबी पासवानको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार