Logo

३ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका बारा उपाध्यक्ष बषन्त खतिवडाले राजिनामा दिएका छन् । युनियन बाराका उपाध्यक्ष रहेका खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी पहिल्यै त्यागी सकेको र शुभेच्छुक संस्थाको रुपमा पनि अब नरहने जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको पक्षमा सामाजिक सञ्जालमा लेख्दै आएका उनले शुक्रबार लामिछाने पक्राउ परेपछि शनिबार राजिनामा दिएका हुन् । उनले शुभेच्छुक संस्थाको उपाध्यक्ष भएर काम गरेको हिसाबले पार्टीप्रति आस्था रहेन पनि त्यो अस्था अब नरहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले आजैका मितिबाट सो भन्नाले नेपाली कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिउने प्रतिबद्धता गरे । यसबाट पर्न जाने असहयोगप्रति नेपाल प्रेस युनियन बारा, नेपाली कांग्रेस पार्टी प्रति क्षमा माग्दै आजै देखि नेपाल प्रेस युनियन बाराको उपाध्यक्ष पद त्यागेको घोषणा गर्दछु। यसबाट पर्न जाने असुविधा प्रति मेरा पूर्व युनियनकर्मी मित्रहरूप्रति क्षमाप्रार्थी हुँदै मैले सो पदमा रहँदा कसैको मन दुखाएको भए सोको लागि समेत माफी माग्दै सबै अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै अनुजहरूप्रति माया दर्शाउँदै आजदेखि कठोर मनका साथ पार्टी र संगठन परित्याग गरी आजदेखि खुल्ला पन्छीको रूपमा जिउन चाहेको छु।’


सम्बन्धित समाचार