Logo

३ कात्तिक,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

रास्वपाले आज काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको छ ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन् ।

उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायत उपस्थित थिए ।

राष्ट्रिय उद्धार यात्रीहरूले कोशी प्रदेशमा ४३ को उद्धार गरेका छन् । जसमध्ये झापाबाट १२ जना, सुनसरीबाट १२ मोरङबाट चार र उदयपुरबाट १६ को उद्धार गरिएको हो । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । उद्धार भएकामध्ये १० जनालाई मानवसेवा आश्रम झापा सेवा केन्द्रमा र ३० जनालाई मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा पठाइएको छ । एक जनालाई थप उपचारका लागि मानव सेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडा पठाइएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको समुद्घाटन गर्दै यात्रीहरूलाई बिदाइ गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको थियो ।

उद्धार टोली आज लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धारमा रहने जनाइएको छ ।

 


सम्बन्धित समाचार