४ कात्तिक,काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।
सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पु¥याइएको थियो ।
शनिबार अदालत बन्द भएपछि आज आइतबार अदालतमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।
उनलाई अदालतमा उपस्थित गराइनुभएपछि भिडभाड र नाराबाजीका गतिविधि हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (कं) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
तर यता रास्वपा नेता तथा शुभचिन्तकहरूले भने प्रशासन कार्यालय कास्कीले पोखराको निर्णय प्रति आपत्ति जनाएका छन् ।
यता रास्वपा नेता शिशिर खनालले लामिछानेलाई प्रहरीले भिडबाट छलेर घुमाउँरो बाटो मार्फत अदालत लगेको दाबी गरे ।
उनले सरकार राजनीतिक स्वार्थ र प्रतिशोधले ग्रसित भएर उपस्थित भिडबाट डराएको बताए ।