Logo

४ कात्तिक,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौ सधारण सभा सप्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर–७ कंकाली माबिको प्राङ्गणमा संस्थाका संचालन समितिको अध्यक्ष ललितादेबी तत्वाको अध्यक्षतामा सम्पन्न सधारण सभामा संस्थाको प्रगती, चुनौती र भावी योजना तर्जुमा बिषयमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अन्तरगत संस्थाका अध्यक्ष ललिता देबीले अध्यक्ष प्रतिवेदन , नितुशिला कुमारीले लेखा प्रतिवेदन ,संस्थाका प्रबन्धक दिलिप कुमार कर्णले प्रबन्धक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका आबध शेयरधनी,सेन्टर सदस्य र छात्र छात्रालाई प्रमाण्पत्र सहित सम्मान समेत गरिएको थियो । सधारण सभामा सिम्रानैनगढ नगरपालिकाका मेयर कलवार ,कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख राजनरायण साह, साना किसान सहरी सस्थाका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान हेटौडाको बिनोद कुमार पण्डित ,दिगो सहकारी संस्था कचोर्वाका अध्यक्ष रामबाबु प्रसाद यादव लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।

सधारण सभाको सहजीकरण सस्थाका प्रबन्धक दिलिप कुमार कर्णले गर्नु भएको थियो ।


सम्बन्धित समाचार