Logo

५ कात्तिक, वीरगञ्ज । अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा साँढे १० लाख भन्दा बढीका समान सशस्त्र प्रहरीले बरामद गरि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

पर्साको विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख ५८ हजार १ सय ३५ रुपैंया बराबरको समान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएको हो ।
सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार शनिबार र आइतबारका दिन गरिएको नियमित चेकजाँचका क्रममा सो परिमाणको भन्सार छलीका समान बरामद गरिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले आइतबार वीरगञ्ज महानगरपालिका – १६ ईनर्वा स्थित विभिन्न सीमा नाकाहरुबाट १४ लाख ६० हजार ४ सय ४५ रुपैंयाको समान बरामद गरेको छ ।

अवैध रुपमा सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस, मोबाईल एसेसोरीज, ईलेक्ट्रोनिक्स तथा मेडिकलका समानहरु बरामद गरेको हो ।

त्यस्तै बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – २५ चण्डाल चोकमा चेकजाँचका क्रममा १ लाख ६९ हजार ६ सय रुपैंया मूल्य बराबरका जुत्ता, कपडा र किराना सामान बरामद गरेको छ ।

साथै शनिबार प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको टोलीले २ लाख २८ हजार ९० रुपैंया बराबरको भन्सार छलीका समान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका – १९ बर्वाबाट किराना सामान, ईलेक्ट्रिक सामान, मोटर पार्टस, कपडा तथा खेलौनाका सामान बरामद गरेको हो ।


सम्बन्धित समाचार