Logo

५ कार्तिक, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६६ लाख २४ हजार ३४ रुपैंयाको आल्मोण्ड बदाम सहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आईतबार राति साढे १२ बजेको समयमा वीरगन्जको वडा नं.२१ परवानीपुर चोकबाट आल्मोण्ड सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

म.प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रकमा बिल विजक भन्दा बढीकाको आल्मोण्ड लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको आल्मण्ड सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार