Logo

६ कार्तिक काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार