Logo

६ कात्तिक,वीरगञ्ज । डिभिजन बन कार्यालय बाराले एक जना नामुद  काठ तस्करलाई पक्राउ गर्न सफल भएको छ ।

लामो समय देखि बन कार्यालयको फरार सुचिमा रहेका करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ४३ का श्याम पुकार सहनीलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र बैठाले जानकारी दिए ।

बाराका एक जना पत्रकारलाई आफु बिरुध समाचार तथा स्टाटस लेखेको भन्दै धम्काउँदै समाजिक सञ्जालमा गालीगलौज गरेका थिए ।

पत्रकारको निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा बोलाएको थियो । जिल्लामा आएको मौका छोपि जमदार नागेन्द्र बैठाको कमाण्डमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गनबाटै सहनीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय सिमरा ल्याएको छ ।

उनलाई बन कार्यालयको थुनुवा कक्षमा राखिएको जनाईएको छ । बारम्बार गाउँबाटै नियन्त्रणमा लिन सहनीलाई प्रयास गर्दा पनि केही स्थानीयको अवरोधले बनरक्षक टोलीले पक्राउ गर्न सकेको थिएन ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिब कुमार झाले पक्राउ परेका सहनी बन कार्यालयको फरार प्रतिबादीको सुचिमा रहेको बताउँनुभयो । उनलाई पक्राउ गर्न २०७९ साल भाद्र १२ गते पक्राउ पुर्जी जारी समेत रहेको बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार