Logo

६ कात्तिक,वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगञ्ज र मेटलाइफ इन्स्योरेन्सबीच एक महत्वपूर्ण समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ।

समझौता अनुसार, मेटलाइफ इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले नेपाल मेडिसिटी वयोधा अस्पतालमा नगदरहित सेवा नगद रहित सेवा मार्फत मेडिकल बिलहरू तिर्न सक्नेछन्। यस सम्झौतासँगै वीरगंजको स्थानीय बासिन्दाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज भएको कम्पनीको दावी छ।

यो सम्झौताले मेटलाइफ इन्स्योरेन्सको सूचीमा समावेश हुन नेपाल मेडिसिटी वयोधा अस्पताललाई वीरगंजको पहिलो अस्पतालको रुपमा स्थापित गरेको छ। यस प्रकारको सेवा वीरगंज क्षेत्रका जनताका लागि अभूतपूर्व कदम रहेको र यसले स्वास्थ्य उपचारका लागि नगदको व्यवस्था गर्नुपर्ने झण्झटिलो समस्यालाई हटाई आर्थिक सुरक्षा प्रदान गर्ने अस्पतालले जनाएको छ।

अस्पतालले यो सेवा शुरू गरेसँगै वीरगंजका स्थानीय बासिन्दाहरूले स्वास्थ्य उपचारमा थप सुविधा र सहयोग पाउने विश्वास लिईएको छ।


सम्बन्धित समाचार