Logo

६ कात्तिक,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ । आज बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।

हिजो पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशी रुपन्देहीको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि जोडिएकाले हिजो प्रहरीले रुपन्देही लगेको हो । रुपन्देहीमा जोशीसँगको बयान चल्दै गर्दै सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका छन् । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले आज पनि सभापती रवि लामिछानेको बचाउमा प्रदर्शन गरेका छन् ।


सम्बन्धित समाचार