७ कात्तिक,काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास(साउनदेखि ओजसम्म)मा वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २० वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड १९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैङ्कहरूको खुद नाफा २१ प्रतिशतले बढेको छ ।
सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कहरूमध्ये १२ को खुद नाफा बढेको छ भने ८ वटाको गिरावट आएको छ ।
कुन बैङ्कको नाफा कति ?
पहिलो त्रैमाससम्म नबिल बैङ्कको खुद नाफा ३९ प्रतिशतले बढेको छ । नबिल बैङ्कले पहिलो त्रैमासमा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
एनआइसी एसिया बैङ्कले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस बैङ्कले १ अर्ब १ करोड ३ लाख रुपैयाँको खुद नाफा कमाएको थियो ।
जुन गत वर्षको तुलनामा ८९.०६ प्रतिशतले घटेको छ ।
हेर्नुहास् सूची