८ कात्तिक,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन ।
अधिकृत विरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले घुससहित पकाउ गरेको हो ।
८० हजार घुस माँग गरेको सुचनाको आधारमा खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–४ बाट घुसको रकमसहित पक्राउ गरेको अख्तियारको हेटौडास्थित कार्यालयका सुचना अधिकारी गोबिन्द प्रसाद गौतमले बताए ।
नगरपालिकामा भएको बिकास निर्माणको कामको भुक्तानी गरे बापत अधिकृत साहले ८० हजार घुस मागेका थिए ।
उनी पक्राउ पर्ने बेलामा अख्तियारको टोलीले रकम गन्ती गर्दा ७८ हजार रुपैया भेटिएको सूचना अधिकारी गौतमले बताए । घुससहित पक्राउ परेका साहको बारेमा थप अनुसन्धान भईरहेकेो उहाँले बताए ।