Logo

९ कात्तिक, वीरगञ्ज । शुक्रबार मधेस प्रदेश र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेको वर्षा समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा समेत पर्न थालेको कारण हुनलागेको हो । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको ‘दाना’ आँधीको प्रभावका कारण मधेस प्रदेश र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।


सम्बन्धित समाचार