Logo

९ कात्तिक,वीरगञ्ज । रौतहटबाट सात किलो १८७ ग्राम अबैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत जिल्ला सितामढी बैरगनिया नगर परिषद वडा नम्बर ८ असोगी बस्ने ६२ बर्षिय चन्देश्वर साह रहेका छन ।

गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्नेक्रममा बीआर ०५ एफ ६६३५ नम्बरको मोटरसाईकलको ट्याङ्की मुनि प्लाष्टिकको पोका भित्र लुकाई राखेको चाँदी बरामद गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

बरामद चाँदीको मुल्य आठ लाख सताईस हजार नौ सय २० रुपैया रहेको तथा चाँदीसहित पक्राउ परेका साहलाई आवशयक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको रायले बताए ।

 


सम्बन्धित समाचार