९ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले एक करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैया बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले दुबै ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ जाँदै गरेको अवस्थामा सु.प.प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रकलार्य प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुबै ट्रकलाई सामानसहित आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए ।