Logo

९ कात्तिक,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन)को आयोजनामा भएको लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

वीरगन्जको नगरसभा गृहमा आयोजना गरिएको प्रतियोगितामा साउथजोन माध्यामिक विद्यालय प्रथम, लिटिल फ्लावर मावि द्वितीय र मनकामना मावि तृतीय भएका छन् । त्यस्तै प्रतियोगितामा मूनलाईट मावि चौथो र पाँचौमा गौतम मावि जीवनज्योती माविले सान्वना पुरस्कार पाएका छन् ।

विजेताहरुलाई प्याब्सनका महासचिव आरबी कटुवाल, केन्द्रीय सदस्य छेडुप लामा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियोगिताका वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको थियो ।

प्रतियोगितामा प्याब्सन पर्सामा आवद्ध २३ वटा विद्यालयका विद्यार्थीहरुले नेपालमा बसोवास गर्ने विभिन्न समुदायका भेषभूषा र संस्कृतिका गीतहरुमा नृत्य प्रस्तुत गरेको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले गर्नुभएको थियो ।


सम्बन्धित समाचार