१० कार्तिक,काठमाडौं, । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध खबरदारी जुलुस गरेको छ । शनिबार साढे ११ बजेदेखि काठमाडौंको कान्तिपथबाट प्रदर्शन शुरू भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ ।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गरेको हो । सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले सम्बोधन गर्नेछन् ।
तस्वीरहरू